नेभिगेशन
समाचार

आज सरकारी निकायसँग अर्थतन्त्रको अवस्थाबारे छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल गर्न बोलाएको बैठक आज अपराह्न बस्दैछ ।

अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले अपराह्न ४ बजे बैठक बोलाएका हुन् । यद्यपी बैठकस्थल भने तय भइसकेको छैन ।

आजको छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार