नेभिगेशन
समाज विविध
इजरायल–हमास युद्ध

हमासले नेपालीलाई बन्धक बनाएको भिडियो इजरायलले गर्‍यो सार्वजनिक

इजरायल- इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो ।

इजरायली सेनाले सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर) मा भिडियो सेयर गर्दै लेखेअनुसार हमासले बन्धक बनाएका एक नेपाली र एक थाई नागरिक हुन् । भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन । उक्त भिडयोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् ।

तर जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको नेपाली दूतावासले जनाएकाे छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा