Nic Ad Nic Ad
Nic Ad Nic Ad

माइतीघरमा टिकटक प्रतिबन्ध विरुद्ध विराेध प्रर्दशन

सोमबार, मंसिर ४, २०८०

काठमाडौ- टिकटक प्रतिबन्धकाे विरोधमा आज (आइतबार) राजधानीको माइतीघर मण्डलामा टिकटकर (टिकटक प्रयाेगकर्ता) हरूले प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ ?  लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन्।

टिकटक बन्द गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदनहरु दायर भएका थिए। दायर भएका रिट निवेदनहरुमाथि आजदेखि सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुन लागेकाे छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्