Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’

सोमबार, मंसिर ४, २०८०

काठमाडौं- टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज हेर्न नभ्याइने भएको छ ।

सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको थियो । तर, आजै चुडालसँगै न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलास पनि परेपछि उक्त मुद्दामा आज सुनुवाई नहुने भएको हो ।

कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटक बन्द गराउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा १० वटा रिट परेको छ ।

 
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार