काम प्रभावकारी बनाउन गृह मन्त्रालयद्वारा अध्ययन समिति गठन
काठमाडौं- गृह मन्त्रालय अन्तर्गतका निकायको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन समिति गठन गरिएको छ ।
कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपाय र त्यसको कार्ययोजनासमेत बनाउने प्रयोजनका लागि मन्त्रालयले सोमबार समिति गठन गरेको हो ।
अध्ययन समितिको सदस्यमा पूर्व सचिव शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्रा। डा। खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन् ।
अध्ययन समितिको सदस्य सचिव मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० १३:४६
प्रतिक्रिया दिनुहोस्