Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिकटक चलेको भए इमेल गरौँ : प्राधिकरण

सोमबार, मंसिर ४, २०८०

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ ।

नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो । 

नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

टिकटकमा पहुँच पुगेको भए टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो कम्पनीका बारेमा जानकारी गराउन हुन इन्टरनेट सेवाग्राहीहरुलाई उक्त सूचनामार्फत अनुरोध गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार