Nic Ad Nic Ad
Nic Ad Nic Ad
विश्वकप २०२६ र एसियाकप २०२७ फूटबल छनौट

घरेलु मैदानमा पहिलो जित निकाल्न नेपालले यमनसँग कस्तो संघर्ष गर्ला?

मंगलबार, मंसिर ५, २०८०

काठमाडौंविश्वकप २०२६ एसीयन कप २०२७ को छनौटका लागि दशरथ रंगशालामा नेपालको राष्ट्रिय फूटबल टोली मंगलबार यमनसँग मैदानमा हुनेछ । 

नेपालका लागि यो खेलमा जित निकाल्नै पर्ने दबाब छ। छनौटको दोस्रो चरणमा फिफा बरियताको १७६ स्थानमा रहेको नेपालले १५६ स्थानमा रहेको यमनसँग जित निकाले तीन अंकको खाता खोल्नेछ।

अहिलेसम्म यमनसँग भएको आमनेसामनेमा नेपालले एक जित पनि निकाल्न सकेको छैन। एउटा खेल बराबरी मात्र खेलेको थियो।

अहिलेसम्म खेलेका चार खेलमा सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटमा यमनलाई गोलरहित बराबरीमा रोकेको थियो।

त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ले पराजित भएको थियो। यस्तै सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग ले पराजित भएको थियो।

एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग ले पराजित भएको थियो। यस पटक भने घरेलु मैदान रहेको समर्थकको उत्साहका कारण पनि नेपालले जित निकाल्न सक्ने आँकलन गरिएको छ।

मंगलबारको खेलमा नेपालका तर्फबाट कप्तान तथा गोल रक्षक किरण चेम्जोङ, मिडफिल्डर अञ्जन विष्ट रोहित चन्दले जादु चलाउनुपर्ने बाध्यता रहेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्