Nic Ad Nic Ad
Nic Ad Nic Ad

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

मंगलबार, मंसिर ५, २०८०

काठमाडौँ- बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन)  रुक्साना कपाली पनि परेकी छिन् ।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्साना नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ ।

कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटी प्लस समूहको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्