Nic Ad Nic Ad
Nic Ad Nic Ad

भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढे : साइबर ब्युरो

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको पाइएको बताएको छ ।

मंगलबार एक विज्ञेप्तिमार्फत साइबर ब्युरोले भिपिएन र डिएनएस असुरक्षित भएको बताएको हो । यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्‍याएर आर्थिक दुरूपयोग समेत हुने ब्युरोले जनाएको छ।

‘महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्‍याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्