Nic Ad Nic Ad
Nic Ad Nic Ad
फिफा विश्वकप छनोट

नेपाल–यमनबीच खेलको पहिलो हाफ गोलरहित बराबरी

मंगलबार, मंसिर ५, २०८०

काठमाडौँ– फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपाल र यमनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका हुन् । 

खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्न पुगे । नेपालले पाएको पहिलो अवसर सदुपयोग गर्न सकेन ।

खेलको ११ औं मिनेटमा दिनेशले दिएको दायाँ विंग क्रसमा जिलेस्पीले हेडर जित्न नसक्दा नेपालले खेलमा अग्रसरता लिने दोस्रो अवसरसमेत गुमाउन पुग्यो ।

यमनले आक्रामक आक्रमण तीब्र बनाउँदा नेपाली डिफेन्डर भने चुकेनन् ।

छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४–० को हार बेहोरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्