Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

बुधबार, मंसिर ६, २०८०

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरू हुनेछ।

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरू गर्दैछ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्