ब्राजिलमाथि अर्जेन्टिनाको जित
काठमाडाैं - सन् २०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। आज बिहान भएको दक्षिण अमेरिकी छनोट ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले जित निकालेको हो।
अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३ औँ मिनेटमा निकोलसले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए ।
यो जितसँगै अर्जेन्टिना ६ खेलबाट १५ अङ्कका साथ पहिलो स्थानमा रहेको छ भने पराजित भएको ब्राजिल ७ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ। दोस्रो स्थानमा रहेको उरुग्वेको १३ अङ्क छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १०:३५
प्रतिक्रिया दिनुहोस्