Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा ४ जना थपियाे

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने सरकारले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित द्वितीय श्रेणी, सरकारी वकिल, राजपत्राङ्कित  द्वितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र राजपत्राङ्कित  तृतीय डाटा एनाइलाइटिस्ट जनशक्ति थप गर्ने निर्णय गरेको हो ।

असोज दोस्रो साता सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थविज्ञका रुपमा अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेका छन् । आयोगलाई सुन पैठारी, तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन तीन महिनाभित्र दिने कार्यादेश छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्