Nic Ad Nic Ad
Nic Ad Nic Ad

बल्खुमा झडप हुँदा दुई जना घाइते, अस्पताल लगियो

बिहीबार, मंसिर ७, २०८०

काठमाडौँ- काठमाडौँमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहानमा दुई जना घाइते भएका छन् । घाइते दुबैको उपचारका लागि अस्पताल लगिएको छ । यस सम्बन्धि थप विवरण आउन बाकी छ । 

तीनकुनेमा हुने प्रदर्शनका लागि युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका थिए । सोही क्रममा बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूहसँग ढुंगा हानाहान भएको हो । अहिले बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् ।

प्रदर्शन स्थल तीनकुने र बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आउने क्रम शुरु भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्