Nic Ad Nic Ad
Nic Ad Nic Ad

बल्खुमा दुर्गा प्रसाईं समूहकाे प्रदर्शन (तस्बिरहरू)

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं- काठमाडाैंकाे बल्खुमा मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ। आज प्रसाईं नेतृत्वको  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको हो।

सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता नारा लगाएका छन्। प्रदर्शनकारीहरुले ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, दलालहरु होसियार, राजा आउँ, देश बचाउ’ लगायतका नारा लगाएका छन् ।

प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो।

  

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्