Nic Ad Nic Ad
Nic Ad Nic Ad
अदालतकाे फैसला

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर

बिहीबार, मंसिर ७, २०८०

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका ६ जनाले उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो ।

सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरले उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको ठहर गर्दै उनीहरुलाई २ वर्ष कैद सजाय र २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतले फैसला गरेको छ । 

साथै, ज्यान मार्न खोजेको आरोपमा दीपक ओझाले भने सफाइ पाएका छन् ।  उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्