Nic Ad Nic Ad
Nic Ad Nic Ad
बल्खुमा झडप

बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते : नेपाल प्रहरी

बिहीबार, मंसिर ७, २०८०

काठमाडौँ– काठमाडौँको बल्खुमा आज भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । 

झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने  छ जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । 

उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो  । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्