याे देशमा मान्छे भन्दापनि सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह
काठमाडाै - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशमा सबैलाई राजा राष्ट्रपति, प्रधानमन्त्री बन्न मन लागेको भन्दै पहिले मान्छे बन्न आग्रह गरेका छन्। बिहीबार राति सामाजिक सञ्ञ्जालमा कवितात्मक शैलीमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
देशलाई धर्तीलाई माया गर्ने मान्छे चाहिएको, तर मान्छे बन्न कसैलाई मन नलागेको उनले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्-
यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हाल्छननी ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० ०८:३७
प्रतिक्रिया दिनुहोस्