Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजा ज्ञानेन्द्रको बक्तव्यमा हुनेछ प्रसाईं समूहको आन्दोलनको अर्थ, शनिबार सम्बोधन गर्दै

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौंव्यवस्था परिवर्तनको नारासहित दुर्गा प्रसाईं समूहले विहीबार काठमाडौंमा एउटा सभा गरि गणतन्त्रलाई चुनौती दिएका छन्। प्रहरी प्रशासनसँग झडप समेत भएको उक्त सभा प्रदर्शनका क्रममा राजसंस्था, धर्म जोगाउनेलगायतको महाअभियानको नारा दिइएको छ।

साथमा २० लाख भन्दा तलको ऋण मिनाहाको सवाललाई बलियोगरी उठाइएको छ। उग्र समूह बन्दै गएको उक्र महाअभियान अहिले एमालेविरोधी समूहका रुपमा पनि परिचित छ। उसले सत्ता गठबन्धनको भन्दा पनि एमाले त्यसका अध्यक्ष केपी शर्मा ओली एवम् युवा नेता महेश बस्नेतविरुद्ध चर्को नाराबाजी गरेको थियो।

लघुवित्त, बैंकलगायतसँग ऋण लिएका, तिर्न नसकेका, ब्याज नतिरेकाहरूमाझ मिनाहा हुने आशा आश्वासन दिएर भिड उठाइएको छ। यहि स्थितिमा ऋण मिनाहा सम्भव छैन, यसका निम्ति व्यवस्था परिवर्तन नै हुनुपर्छ। एक सहभागी भन्छन्,‘व्यवस्था परिवर्तनका लागि नै हामी यहाँ आएका हौं, नगरी सुखै छैन।

तर व्यवस्था परिवर्तनका निम्ति प्रसाईंको अभियान भन्दा पनि प्रभावकारी राजा ज्ञानेन्द्र शाहको वक्तब्य हुने टिप्पणी गरिएको छ। प्रसाईंले व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेको बताए पनि भन्छन्,‘मलाई थाहा छैन, को राजा हुन्छन्। तर, व्यवस्था परिवर्तन हुनेछ।

तर व्यवस्था परिवर्तन नै गर्ने हो भने पनि संविधान सभामार्फत हटाएको राजसंस्थाका प्रतिनिधि राजा ज्ञानेन्द्रको वक्तव्य नै आधिकारिक हुने कतिपय राजावादी बताउँछन्।

शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आयोजनामा झापामा हुने एउटा औपचारिक कार्यक्रममा राजा ज्ञानेन्द्र प्रमुख अतिथि हुनेछन्। यी आन्दोलन देखिएका विविध चर्चाबीच उनको वक्तव्य अर्थपूर्ण प्रभावकारी हुने लख काटिएको छ।

पृथ्वीनारायण शाहको शालिक अनावरका क्रममा कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने ज्ञानेन्द्रको संवाद सचिवालयले जनाएको छ। तर, समग्र राजनीतिक स्थितिका बारेमा चर्चा गर्लान् या नगर्लान्? प्रसाईंको व्यवस्थाबिरोधी आन्दोलनका बारेमा राजाले के भन्लान् त्यो अर्थपूर्ण हुने बताइन्छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्