Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गा प्रसाईका पाँच समर्थक पक्राउ

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाँच जनालाई पक्राउ गरेको हो।

काठमाडौँको विभिन्न ठाउँबाट प्रसाईंको अभियान समर्थकहरू पक्राउ परेका हुन् । प्रहरीमाथि आक्रमण गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्