Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरमै नजरबन्द भएपछि दुर्गा प्रसाईँले भने- भाग्नेवाला छैन, सामना गर्न तयार छु

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाइको भक्तपुर थिमीस्थित निवासमा प्रहरीले घेराउ गरेको छ । प्रहरीका अनुसार प्रसाईंलाई घरबाट निस्कन नदिने तयारी स्वरुप उनको घर घेरिएको हो । प्रहरीले आज बिहान प्रसाईँका पाँचजना समर्थकलाई पक्राउसमेत गरेको छ ।

आफ्नै घरमा घेरिएपछि पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको बताए ।

‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस,’ प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन’।

बिहिबार बल्खुमा प्रदशर्न गरेकपछि पत्रकार सम्मेलन गर्दै प्रसाईँले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने घोषणा गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको काठमाडौं प्रशासनले जनाएको छ ।

प्रशासनले आज एक विज्ञेप्ति जारी गर्दै अनुमति बिना जर्वजस्ती प्रदशर्न गरे कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्