नेभिगेशन
समाज विविध

श्रीमान् जीवित हुँदै महिलालाई एकल भत्ता खुवाएकाे आरोपमा २ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ- श्रीमान् जीवित हुँदाहुँदै निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो सोही वडाकी निर्मला खत्री छन् । खत्रीका श्रीमान्लेनै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।

अख्तियारका अनुसार गलत लिखत तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानिनोक्सानी पुर्‍याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपीपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता