Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोकमरीको सूचकाङ्कमा नेपालको अवस्थामा सुधारोन्मुख

शनिबार, मंसिर ९, २०८०

काठमाडौं - विश्वव्यापी भोकमरीको सूचकाङ्क (जिएचआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ। ग्लोबल हंगर इन्डेक्स २०२३ र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो ।

जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको छ । अङ्कका आधारमा नेपालले १५ अङ्क प्राप्त गरेको छ। अघिल्लो वर्ष नेपालको अवस्था ८१ औँ नम्बरमा रहेको थियो। सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा बालबालिकामा हुने कुपोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो। नेपालमा १५ प्रतिशत जनसङ्ख्याले मात्रै पेटभर खान नपाउने अवस्था रहेको अध्ययनले देखाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्