Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजस्थान विधानसभा चुनाव : साँझसम्म ५७.२४ प्रतिशत मत खस्यो

शनिबार, मंसिर ९, २०८०

जयपुर– राजस्थानमा शनिवार भएको विधानसभा निर्बाचनमा साँझ छ बजेसम्ममा  ५७.२४ प्रतिशत मतदाताद्वारा मतदान गरेका छन् ।

निर्वाचन आयोगका अनुसार बागीदोरामा ७८.२१ प्रतिशत र राजधानी जयपुरमा ६९.२२ प्रतिशत मतदान भएको छ । 

साँझ ५ बजेसम्म जैसलमेरमा ६५.५७ प्रतिशत, गंगानगरमा ७२.०९ प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी पोकरन निर्वाचन क्षेत्रमा ८१.१२ प्रतिशत मतदान भएको छ ।

कांग्रेस उम्मेदवार गुरमीत सिंह कुनारको निधनभएको भन्दै करनपुर विधानसभा निर्वाचन क्षेत्रको आज नै हुने मतदान यस अघि नै स्थगित गरिएको थियो ।

राजस्थान बिधानसभाका कूल २०० सदस्यका लागि पाँच करोड २६ लाख ९० हजार १४६ मतदाताले ५१ हजार ५०७ मतदान केन्द्रमा गर्ने मतदानबाट राजस्थानका १८३ महिलासहित एक हजार ८७५ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।

यस पटकको निर्बाचनमा भारतीय जनता पार्टीकी उम्मेदवार एवम् पूर्व मुख्यमन्त्री वसुन्धरा राजे झलारापाटनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको छ । यहाँबाट सन् २००३ देखि नै पार्टीका वरिष्ठ नेताले यो सीट जित्दै आएका छन् । 

चर्चामा रहेका सिटमध्ये टोंक पनि एक हो, जहाँ काङ्ग्रेसका प्रमुख नेता तथा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलटले भाजपाका अजित सिंह मेहतासँग प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१८ को चुनावमा पायलटले भाजपाका युनुस खानलाई ५४ हजार १सय ७९ मतअन्तरले पराजित गरेका थिए । 

त्यस्तै, राजस्थान कांग्रेसका अध्यक्ष गोविन्द सिंह डोटासराले लच्छमानगढ निर्वाचन क्षेत्रमा भाजपाका सुभाष मेहरियासँग प्रतिस्पर्धा गरेका छन् । 

राजस्थान मुख्य निर्वाचन अधिकृतका अनुसार निर्वाचनलाई शान्तिपूर्ण मतदानको वातावरण बनाउन र स्वच्छ र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनका लागि एक लाख दुई हजार २९० सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् । 

राजस्थानमा सन् २०१८ मा भएको निर्वाचनमा काङ्ग्रेसले ९९ सिट जितेको थियो भने भाजपाले ७३ सिट जितेको थियो । 

वर्तमान् मुख्यमन्त्री तथा भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्ग्रेस–आई)का नेता अशोक गहलोतले बहुजन समाजवादी पार्टीका विधायक र स्वतन्त्रहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्