Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईं समूहले आज काठमाडौंका तीन स्थानमा सांस्कृतिक कार्यक्रम गर्ने

आइतबार, मंसिर १०, २०८०

काठमाडौं - दुर्गा प्रसाईं नेतृत्वकाे समूहले आज काठमाडौंका तीन ठाउँमा सांस्कृतिक कार्यक्रम गर्ने भएकाे छ। समूहले आज कलंकी चोक, रत्नपार्क र बालाजु बिजी मलमा कार्यक्रम गर्ने भएकाे हाे।

सबै स्थानमा बिहान ११ बजे प्रदर्शन गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले जानकारी दिएको छ ।

यसअघि महाअभियानले आज भक्तपुरको दरबारक्षेत्रमा कार्यक्रम गर्ने बताएको थियो । उक्त कार्यक्रम भने स्थगित भएको बताइएको छ ।

महाअभियानले जारी गरेकाे विज्ञप्तिमा भक्तपुरको दरवार क्षेत्र भित्र गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्