Nic Ad Nic Ad
Nic Ad Nic Ad

के दुर्गा प्रसाईं सिथिल भएका हुन्? दुईटा ताकत मिलेको संशयमा माओवादी

आइतबार, मंसिर १०, २०८०

काठमाडौंएउटा पत्रकार सम्मेलनको तयारीमा रहेका फरक अभियानका संयोजक विवादीत मेडिकल ब्यावसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले टार्गेटमा राखियो।

राजसंस्था ल्याउने पूर्वशर्तमा प्रसाईंले चलाएको अभियानले निरन्तर एमालेलाई टार्गेटमा राखेपछि त्यसको सांकेतिक प्रतिरोधमा राष्ट्रिय युवा संघ नेपाल र त्यसका इञ्चार्ज महेश बस्नेत खुला रुपमा उत्रिए।

यो विवादको जड सामाजिक सञ्जाल, युट्युवको वाकयुद्ध हुँदै मैदानसम्म देखियो, विहीबार। शुक्रबार पनि एकअर्काबीच टार्गेटमा राखेर बयानबाजी दिने क्रम रोकिएन।

पत्रकार सम्मेलनका क्रममा पनि प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेका थिए। उनले ओलीलाई सम्बोधन गर्दै भनेमुख छाड्न नपरोस्। यति मात्र भनेनन् बालकोटमा घर घेर्नेसम्मका चुनौती प्रसाईंले दिएका थिए।

बैंकको ब्याज र ऋण तिर्न नसकेका समूहलाई अगाडि देखाएर प्रसाईं एमालेविरुद्ध जाई लागेका छन्। सत्तारुढ पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दललाई सामान्य घोचपेच मात्र गरिरहेका प्रसाईं र एमालेको मैदानमा देखिएको टकरावलाई माओवादीले संशयका रुपमा लिएको छ।

प्राप्त उपलब्धी र गणतान्त्रिक व्यवस्थाको हुर्मत लिनेगरी दुवै शक्ति मिलेर यस्तो देखाएको हुन सक्ने माओवादी महासचिव देव गुरुङको विश्लेषण छ।

परिवर्तन उल्ट्याउनका लागि दुई शक्ति मिलेको हुनसक्ने आशंका व्यक्त गरेका उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने एमालेसँग नै प्रसाईं किन लागि परिरहेका छन् भन्ने अर्को शंकास्पद प्रश्न पनि उठाएका छन्।

उनको आशंका जस्तै अहिले सडकमा कि दुर्गा प्रसाईं कि एमालेको घम्साघम्सी देखिन्छ भने मिडियामा पनि दुई पक्षको मात्र जुहारी चलेको छ। यस्तो स्थितिमा सरकार मुकदर्शक जस्तो देखिएको मात्र छैन, एक्शनशुन्य जस्तो पनि देखिन्छ।

यता सत्ताले संशय राखे पनि प्रसार्इंको अभियान सिथिल बनाउने प्रयास पनि जारी राखेको छ। टोपी लगाउने, दौरा सुरुवाल लगाउनेलाई पक्राउ गरी सत्ता अझ उद्दत बनेको आलोचना भइरहेका छन्।

प्रसाईंको भक्तपुरमा हुने भनिएको प्रदर्शन रोक्नका लागि लोभ र लालच दिइएको समेत बताइन्छ। के, प्रसाईं सिथिल भएका हुन्? आम साधारण सोधिरहेका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्