Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग

एनएसएल : अन्तिम समयमा धनगढीले वीरगञ्जलाई हरायो

आइतबार, मंसिर १०, २०८०

काठमाडौँ– खेलको अन्तिम समयमा गरेको गोलको मद्दतले धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा विदेशी खेलाडी अहमद हिजाजी र फोडे फोफानाको गोलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडलाई २–१ ले हराएर विजयी सुरुवात गरेको हो ।

विरगन्जका लागि हान्स क्वोफीले गोल गरेपछि खेल १–१ को अवस्थामा पुगेको थियो । तर, खेलको अन्तिम समय ८९औं मिनेटमा धनगढीका लागि कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गरेपछि जित हासिल गरेको हो । धनगढीका लागि सुरुवाती गोल फोडे फोफानाले गरेका थिए । 

भोलि हुने खेलमा झापा एफसीले स्पोर्टिङ्ग मेची डे इलामको सामना गर्ने छ।

NSL-match-list-mangshir-10-1701009131.jpg


 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्