सरकारद्वारा ७१ सह–सचिवको सरुवा [सूचीसहित]
काठमाडौँ– सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ ।
गत ७ मंसिरमा बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार ७१ जना सह–सचिवहरुको सरुवा भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, रक्षा,अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था तथा सहकारी, शहरी विकास लगायतका मन्त्रालयहरूमा नयाँ सहसचिवहरुलाई ल्याइएको छ ।
संघीय मामिला मन्त्रालयले प्रदेशमा बढी समय बिताइएकाहरुलाई संघमा ल्याउन र संघमा धेरै सयम काम गरेकालाई प्रदेशमा पठाउनुपर्ने अडान लिँदा निर्णय गर्न ढिलाइ भएको थियो ।
को–को कहाँ पुगे ?
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० १९:४४
प्रतिक्रिया दिनुहोस्