टि–२० सिरिजमा अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित
काठमाडाैं - टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ। भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो। लगातार दाेस्राे जितसँगै पाँच खेलको टि-२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ।
जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २५ बलमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै कप्तान म्याथ्यु वेड ४२, टिम डेविडले ३७, जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रन बनाए ।
बलिङतर्फ भारतका रवि विश्रोई र प्रसिद्ध कृष्णा ३/३ विकेट लिए । त्यस्तै अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एक/एक विकेट लिए । त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।
भारतका लागि ओपनर रितुराज गायकवाडले ४३ बलमा ५८ रन बनाए । अर्का ओपनर यशस्वी जैसवालले २५ बलमा ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यस्तै इशान किशनले ५२, रिंकु सिँहले ३१, सुर्यकुमार यादवले १९, तिलक बर्माले ७ रन बनाए ।
अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए । मार्कस स्टोइनिसले १ विकेट लिए । पहिलो खेलमा भारत २ विकेटले विजयी भएको थियो।