Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ । 

सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले थापासहित दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको हाे ।

उनीहरुलाई गौशालासहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईँको आह्वानमा केहीदिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्