रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनित
काठमाडौँ- प्रतिनिधिसभामा तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभापति बनेका छन् । महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मगलबारनै डा वाग्लेलाई उपसभापतिमा मनोनित गरेको हो । सांसद वाग्ले रास्वपाका अर्थ विभाग प्रमुख समेत हुन् ।
वैशाखमा नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको डा वाग्ले, तनहुँ १ मा भएको उपनिर्वाचनमा ३४ हजार ९ सय १९ मत सहित विजय भएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका वाग्ले विभिन्न दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।
रास्वपाका स्रोतका अनुसार सांसद निर्वाचित भएपछि पार्टी भित्रको भूमिकाका विषयमा उनले दबाब बढाएका थिए । रास्वपाको विधानमा दुई उपसभापतिको व्यवस्था भए अनुसार नै उनलाई उपसभापतिमा ल्याइएको एक नेताले बताए ।
रास्वपामा अहिले सांसद डोलप्रसाद अर्याल ९डिपी० मात्रै उपसभापति छन् । स्वर्णिमको विज्ञता र अन्तराष्ट्रिय सम्बन्धका हिसाबले पनि उनी उपसभापतिका लागि योग्य रहेको पार्टीका नेताहरूको बुझाई छ ।
विसं २०३१ सालमा गोरखामा जन्मिएको वाग्ले २०४६ सालको एसएलसीमा नेपालभरिकै विद्यार्थीमध्ये दोस्रो स्थानमा आएका थिए ।
त्यस्तै विश्वका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका वाग्ले नेपाल फर्किनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेका थिए । २०७७ देखि २०७९ सम्म राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी० को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एशिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए ।