Nic Ad Nic Ad
Nic Ad Nic Ad

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले पठायो फिर्ता

मंगलबार, मंसिर १२, २०८०

काठमाडौँ- गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ ।

प्रहरीले प्रसाईंलाई पेप्सिकोला चोकमा रोकेर ठिमी स्थित घरमा फिर्ता पठाएको हो । उनलाई फर्काउनु अघि केहीबेर बादविवाद भएको बुझिएको छ ।

सोमबार गौशालामा प्रसाईं समुहले गरेको आन्दोलका क्रममा झडप भएपछि प्रहरीले धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पनि रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्