नेभिगेशन
मनोरञ्जन

एकसाथ दुई फिल्ममा प्रदीप उदाए, बलिउडमा अर्को फड्को

काठमाडौँ- अभिनेता प्रदीप खड्का एक साथ दुई चलचित्रमा अनुबन्धित भएका छन् ।

सफल निर्देशक दिनेश राउतको पुजार सार्कीमा अनुबन्धित खड्का हिन्दी भाषामा पनि बन्ने ऐरीमा अनुबन्धित भएका हुन्। यसअघि उनी  प्रेमगीत ३ मार्फत भारत र नेपालमा चर्चा कमाएका अभिनेता हुन्।  खड्का चर्चामा रहेका अर्का अभिनेता अनमोल केसीको निकटतम प्रतिस्पर्धीको रुपमा रहेका छन् ।

खड्कालाई अहिलेका युवा पुस्ताले चकलेटी हिरोको रुपमा लिने गरेका छन् ।

नेपाली सिने उद्योगमा केही यस्ता सीमित फिल्म छन्, जसले सिने इतिहासमा आफ्नो स्थान बनाएका छन्। प्रथम नेपाली चलचित्र ‘आमा,’ प्रथम रंगीन चलचित्र ‘कुमारी,’ प्रथम सिल्भरजुब्ली (सिनेमा हलमा धेरै दिन चलेको) ‘जीवनरेखा’, नेपाल–भारत लगानीको ‘पञ्चवटी’, अस्कर अवार्डमा नामाङ्कित ‘क्याराभान’ सँगै पछिल्लो पटक  ‘प्रेमगीत ३’ परेको थियो ।

यो फिल्मलाई नेपाली फिल्म इतिहासमा यस कारण महत्वको मानियो कि पहिलो पटक भारतीय सिनेमा हलहरुमा एक साथ रिलिज हुँदै अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गर्न सफल भयो। यो नेपालमा निर्मित कुनै पनि फिल्मले पाएकोमध्ये दुर्लभ अवसर थियो। र, यसको श्रेय लिए– अभिनेता प्रदीप खड्काले। 

उनले नेपाली फिल्मलाई भारतमा डबिङ गरी हिन्दी भाषामा रिलिजको ढोका खोलेर, नेपाली फिल्मका लागि अवसर देखाइदिए। यसै कारण उनी सिनेमा भित्रका नायक मात्र बनेनन्, फिल्म उद्योगकै तारणहारका रुपमा उदाए।यसकारण खड्कालाई सिने उद्योगका नयाँ आशाको रुपमा समेत लिन सकिन्छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन