भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सेना र प्रहरी खटाउने निर्णय
काठमाडौं- सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सेना र प्रहरी खटाउने निर्णय गरेको हो ।
भूकम्प पीडितको अस्थायी आवास निर्माण भएको गुनासो आएकाले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिने सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जनाएकी छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० १२:२४
प्रतिक्रिया दिनुहोस्