सेयर बजार १७ अंकले घट्यो
काठमाडौं- सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १७ दशलमव ९३ अंकले घटेर १,८७६ दशलमव ६० को विन्दुमा झरेको हो ।
आज ४२ कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८५ कम्पनीको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ कोडको शेयर कारोबार भएको छ ।
बुधबार अन्य बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभनदा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै एनआइसी एशिया डिबेञ्चरको ५ करोडमाथिको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० १६:४५
प्रतिक्रिया दिनुहोस्