Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर १४, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७०  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्