Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं- पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको १ सय वर्षकाे उमेरमा निधन भएको छ। किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।

किसिन्जरले तत्कालीन अमेरिकी राष्ट्रपतिहरू रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए। भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।

कूटनीतिसम्बन्धी थुप्रै पुस्तक लेखेका किसिन्जरको पछिल्लो पटक अप्रिल २०२२ मा ‘लिडरसिप सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी’ पुस्तकसमेत प्रकाशित भएको थियो। जीवनको उत्तरार्धसम्म सक्रिय रहेकाले उनले यही जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए।

किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई विश्वमञ्चमा उपस्थित गराउन महत्त्वपूर्ण भूमिकासमेत खेलेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्