माधव नेपालको पार्टी छाडेपछि रास्वपामा लिमाले पाएको महत्व
काठमाडौं- व्यावसायीक क्षेत्रमा समेत नाम कमाएकी लिमा अधिकारीले रास्वपा कोषाध्यक्षको जिम्मेवारी पाएकी छन्। छोटो समयमा नै उनले महत्पपूर्ण जिम्मेवारी पाएकी हुन्। रास्वपामा पछिल्लो पटक केन्द्रीय समितिमा पुगेकी उनी अर्थ विभाग प्रमुखका रुपमा चयन भएकी थिइन्। लिमाको राजनीतिक पृष्ठभूमी र यात्रा रोचक रहेको छ।
तत्कालिन उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी, लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीकी भतिजी लिमा एमालेमा २२ बर्षसम्म संगठित सदस्यका रुपमा रहेकी थिइन्। प्रतिनिधि सभा विघटनसँगै एमालेभित्र धाँजा फाटेपछि उनी विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन्।
भरतमोहन अधिकारी फाउन्डेशन सञ्चालन गरिरहेकी, बैंक र वित्तिय संस्थाको सञ्चालक समितिमा समेत रहेकी लिमा एकीकृत समाजवादीमा पनि लामो समयसम्म बसिनन्। राजनीतिमा परिवर्तन हुने आश राखी उनी रास्वपामा लागेकी थिइन्। सानो अवधिमा उनले महत्वपूर्ण जिम्मेवारी हात पारिन्। रास्वपाको मधेसमा बसेको बैठकबाट उनले यस्तो जिम्मेवारी पाएकी हुन्। सोही बैठकले डा. स्वर्णिम वाग्लेलाई उपसभापतिमा चयन गरेको छ।
योसँगै पछिल्ला पटक पार्टीमा आएका चर्चित अनुहारलाई पदीय जिम्मेवारीमा बाँधेर सभापति रवि लामिछानेले एकल नेतृत्वमा चलाएको भन्ने मान्यता चिर्न लागेको बताइन्छ।