Nic Ad Nic Ad
Nic Ad Nic Ad

इटाली र मोजाम्बिकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त

बिहीबार, मंसिर १४, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी तोकेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका र स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्