Nic Ad Nic Ad
Nic Ad Nic Ad

उडानको समय परिवर्तन भएकोले ३१ यात्रु छुटे : पर्यटनमन्त्री किराती

बिहीबार, मंसिर १४, २०८०

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टिकरण दिएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले परराष्ट्र मन्त्रालयको पत्र अनुसार प्रधानमन्त्रीको भ्रमणका कारण निर्धारित समयभन्दा दुई घण्टा अघि सारिएकाले ३१ यात्रु छुटेको प्रष्टिकरण दिएका हुन् ।

समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर जानकारी पाउन नसकेका यात्रुहरुमात्रै छुटेको उनको भनाइ छ । मन्त्री किरातीले छुटेका यात्रुहरुलाई होटलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकेको जानकारी दिए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थियो । ११ः३० को पूर्वनिधारित उडान प्रधानमन्त्री जाने भनेपछि परराष्ट्रको पत्रका आधारमा सो उडान ९ः३० मा सारिएको थियो ।

त्यस्तै मन्त्री किरातीले १३ बर्षदेखिको नेपालको हवाई क्षेत्र इयुको कालोसूची हट्ने प्रक्रियामा रहेको जानकारी दिए । उनले बिभिन्न १२ वटा सामान्य बिषयमा सुधार गर्नेबितिकै नेपालको हवाई क्षेत्र इयुको कालोसूची हट्ने दावी गरे ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्