Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत, दल दर्ता मंसिर २४ देखि २९ गतेसम्म

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौंं - निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले माघ ११ गते हुने १९ पदको निर्वाचनको तालिका स्वीकृत गरेको हो ।

स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

१६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह्न ३ः०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्