Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसेलको सेयर बिक्रीविरुद्धकाे रिटमा अदालतले दुबै पक्षलाई बोलायो

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौँ- एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउने गरी शुक्रबार आदेश दिएको हो ।

साथै अन्तरिम आदेश दिने/नदिनेबारे भने दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ ।

व्यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्