Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजसंस्था, हिन्दु राष्ट्र पक्षधर बिच मोर्चा निर्माण आवश्यक : कमल थापा

शुक्रबार, मंसिर १५, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

अहिलेकै व्यवस्था कायम रहे नयाँ तानासाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था,हिन्दु राष्ट्र पक्षधर र सङ्घीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औँल्याए ।

थापाले संवैधानिक अङ्ग, न्यायालय,प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमाएर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद हुनुपर्नेमा जोड दिए । असक्षम, असफल र अदुरदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधीनको रक्षाको निमित्त एक पटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे।

राप्रपा नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेताहरू जयकुमार खड्का,तारानाथ लुइँटेल, इन्द्र चित्रकार ,राजाराम बर्तौला ,श्याम घिमिरे लगायतले सङ्गठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्