Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुलुकमा स्थायी शान्ति कायम गर्न राजतन्त्र आवश्यक छ : दुर्गा प्रसाईँ

शनिबार, मंसिर १६, २०८०

लगनखेल– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका छन् । 

शनिबार ललितपुरको लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दैप्रसाईंले गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको भन्दै स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका हुन् ।

उनले कार्यकारी प्रधानमन्त्री, हिन्दु राष्ट्र, प्रदेश खारेज र राजसंस्थाका बिषयमा जनमत संग्रह गर्न चूनौती दिए । प्रसाईंले आफुलाई बिभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिवन्ध लगाएको भन्दै प्रतिवन्धको असर आफुलाई नभई लगाउनेलाई नै हुने जिकिर गरे । प्रसाईँले आफुहरुको आन्दोलन नागरिकको गाँस बास र कपासको लागि भएको बताए ।

उनले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा कार्कीले डा गोविन्द केसीलाई प्रयोग गरेको आरोप लगाए ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्