आज भारत र अस्ट्रेलियाबीचको पाँचौँ टी-२० खेल हुँदै
काठमाडौँ - भारत र अस्ट्रेलियाबिचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ । घरेलु टोली भारतले पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितिसकेको छ । अस्ति भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।
भारत शृङ्खलामा ३–१ ले अघि छ । भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अस्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८० ११:२३
प्रतिक्रिया दिनुहोस्