Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गाको पतन, दुर्गाको उदय

आइतबार, मंसिर १७, २०८०

काठमाडौं विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नयाँ घोषणाले उनको पतन या उदयको रेखा कोर्ने भएको छ। बैंकका ऋणि केही राजावादीको संलग्नतामा गणतन्त्र उलट्याउने आन्दोलनमा लागेको भनी घोषणा गरेका प्रसाईंले मंसिर ३० गते समानान्तर सरकार बनाउने फागुन मा गणतन्त्र फ्याँक्ने दाबी गरेका छन्।

फागुन , माओवादीले जनयुद्ध घोषणा गरेको दिन पनि हो। यो संयोग नभई नियोजित रुपमा प्रसाईंले तयार पारेको कार्यक्रम हो।

पछिल्ला दिनमा प्रसाईंको महाअभियानको कार्यक्रम सिथिल भएको टिप्पणी गरिएको थियो। उनका आन्दोलनका कार्यक्रमका स्वरुप परिवर्तन हुँदै जाँदा करिब करिब सिथिल भइरहेको देखिन्छ भने सामाजिक सञ्जालमा मात्र उनको पक्षमा केही मत देखिएका थिए।

राजसंस्था फर्काउने घोषणा गरेका प्रसाईंको आन्दोलनमा राजा ज्ञानेन्द्र शाहको कुनै चासो देखिएको छैन भने सैद्धान्तिक रुपमा राजसंस्थाको विषय बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आधिकारिक संलग्नता देखिएको थिए।

मुलुकमा परिवर्तनको स्वरुप कोर्न आएका नयाँ प्रतिनिधि दलले पनि व्यवस्था उल्ट्याउनेतिर ध्यान नदिएका कारण प्रसाईं कति सफल हुनेछन् भन्ने हेक्का राख्न मुस्किल छ। तर, उनी असफल हुनेचाहिँ करिब करिब निश्चित जस्तो देखिन्छ।

जनयुद्ध लडेको भनी हाँक दिइरहेका प्रसाईंको नयाँ घोषणाले उनको पतन या उदय मध्य एक निधो गर्नेछ, यथास्थित हुने सम्भावना देखिँदैन।

माओवादीले पनि कायम गर्न नसकेको समानान्तर सरकारको विषय प्रसाईंले उठाएका छन्। १२ बुँदे सहमति गरी शान्ति प्रक्रियामार्फत मूलधारमा आएको माओवादीले घुँडा टेक्दा एउटा विवादीत व्यावसायीले समानान्तर सरकार गठन गरी गणतन्त्र फ्याँक्ने विषय सम्भावित सत्य हुन सक्ला? यो सम्भावना क्षीण रहेका कारण दुर्गाको पतन निश्चित छ।

लोकतान्त्रिक व्यवस्थामा संविधान प्रदत्त अधिकार रहेका कारण प्रसाईंलाई सरकारले निषेध गरेको थिएन। उनलाई नजरबन्दमा राखिएको थियो। राज्यका कतिपय निजी सरकारी बैंकको अर्बौंको ऋण मिनाहाका निम्ति भनेर प्रसाईंको नेतृत्वमा एउटा प्रायोजित जस्तो देखिने हुल सक्रिय रहेको दलका नेताको टिप्पणी छ।

यद्यपि, उनले प्रतिपक्षी दल एमालेको युवा दस्ताविरुद्धको आन्दोलनचाहिँ सफल बनाएको मात्र दाबी गरिरहेका छन्। यदि, दुर्गा प्रसाईको घोषणा एक प्रतिशतमा सफल भयो भनेचाहिँ नेपाली राजनीतिमा उनको महाउदय हुनेछ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्