Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वास गर्नुस्, हामी अरू पार्टी जस्तो हुँदै होइनौँ : रवि लामिछाने

आइतबार, मंसिर १७, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरूभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गरेका छन् । मलेसिया भ्रमणमा गएका उनले त्यहाँको नेपाली समुदायलाई आज सम्बोधन गर्दै रास्वपाका सांसदहरूले नै संसद्को गरिमा जोगाइरहेको दाबी गरे ।

हालै रास्वपाले आफ्नो विधानसमेत मिचेर पदाधिकारीहरू मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो । रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै उनले पार्टी निर्णयको बचाउ गरे ।

लामिछानेले भने, ‘हिजो सुरुवातका दिनमा थोरै साथीहरू बसेर विधानलाई लिपिबद्ध गरेका हौँ । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टिमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ । आवश्यक सुधार र संशोधन आवश्यक पर्छ । जुन दिन जिम्मेवारी पूरा गर्दैनन्, म ४८ घण्टा वा २४ घण्टा होइन, १२ घण्टा पनि पर्खिन सक्दिनँ । एक घण्टाभित्र कारबाही गर्छु ।’

‘कुनै चर्चित र लोकप्रिय विश्लेषकले यिनीहरू पनि उस्तै हुन् भन्दा विदेशमा पसिना बगाइरहेका तपाईंहरुलाई हो कि क्या हो भन्ने लाग्न सक्छ । तर, होइन, कुनै हालतमा होइन । कुनै हालतमा अरू पार्टी जस्तो हुन नदिने वचनबद्धता म व्यक्त गर्छु । रास्वपा पुरानो कुनै अर्को पार्टी जस्तो हुनै सक्दैन ।’

   

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्