Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकै लामो र्‍याफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ आयोजना हुने

आइतबार, मंसिर १७, २०८०

काठमाडौँ– अन्तराष्ट्रिय स्तरको सबैभन्दा लामो र्‍याफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ कर्णाली नदीमा आयोजना हुने भएको छ । 

नेपाल एसोसिएन अफ राफ्टिङ एजेन्सिज(नारा), नेपाल नदी संरक्षण संस्था र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानले आइतबार संयुक्त रुपमा काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘द ग्रेट कर्णाली क्वेस्ट’ आगामी मार्च ८ देखि १३ सम्म कर्णाली नदीमा आयोजना हुने जनाएको हो ।

‘द ग्रेट कर्णाली क्वेस्ट’ अन्तर्गत दैलेखको आठविसकोट नगरपालिको रामक कर्णालीबाट कैलाली जिल्लाको दौलतपुरघाटसम्म पुग्दा २ सय ४८ किलोमिटरको दूरी पार गर्ने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष एवं द ग्रेट कर्णाली क्वेस्टका संयोजक मेघ घलेले जानकारी दिए । प्रतियोगीतामा १६ टोलीहरुका लागि आवेदन खुल्ला गरिएको र प्रत्येक टोलीको दर्ता शुल्क ४५० अमेरिकी डलर रहेको उनले बताए ।

प्रतिस्पर्धामा सहभागी भई टिमले आफ्नो क्षमता परीक्षण गर्ने, आफ्नो टिमवर्क, सहनशीलता प्रदर्शन गर्ने र विश्वका उत्कृष्ट र्र्‍याफ्टिङ टिमहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने आयोजकले जनाएको छ । त्यस्तै सबैभन्दा लामो राफ्टिङ दौडलाई गिनिज वर्ल्ड रेकर्डमा उल्लेख गरिने विश्वास आयोजकको रहेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्