Nic Ad Nic Ad
Nic Ad Nic Ad
राष्ट्रिय जनगणना २०७८

नेपालमा दलित समूदायको संख्या १३.४ प्रतिशत

सोमबार, मंसिर १८, २०८०

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा दलित समूदायको संख्या १३ दशमलव ४ प्रतिशत रहेको जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौंमा राष्ट्रिय जनगणना २०७८, दलित समूदायको तथ्याङ्क प्रस्तुति कार्यक्रमको आयोजना गर्दै नेपालमा पहाडी दलित समूदाय ८ दशमलव ६ प्रतिशत र तराई दलित समूदाय ४ दशमलव ८ गरि दलित समूदायको संख्या १३ दशमलव ४ प्रतिशत रहेको जनाएको हो । 

तथ्याङ्क अनुसार नेपालमा पछिल्लो जनगणना भएको मितिसम्म नेपालमा ३९ लाख ४ सय ६९ दलित समूदाय रहेका छन् । प्रदेशगत रुपमा सवैभन्दा बढि दलित समूदायको बसोबास कर्णाली प्रदेशमा २३ दशमलव ५ प्रतिशत रहेको छ भने सवै भन्दा कम बागमती प्रदेशमा ५ दशमलव ९ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

त्यस्तै कोशी प्रदेशमा ९ दशमलव ७, मधेश प्रदेशमा १६ दशमलव ५, गण्डकी प्रदेशमा १८ दशमलव २, लुम्विनी प्रदेशनमा १४ दशमलव ४ र सुदुरपश्चिम प्रदेशमा १७ दशमलव ५ प्रतिशत दलित समूदाय रहेको कार्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले राष्ट्रिय जनगणनालाई हरसम्भव प्रभावकारी र तथ्यगत बनाउन खोजिएको बताए । आगामी दिनमा राष्ट्रिय तथ्याङ्कलाई सहि बनाउनका लागि सवै जिल्लामा तथ्याङ्क कार्यालय र प्रत्येक स्थानीय तहमा एक जना गणक राख्नुपर्ने उनले बताए । 

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले तथ्याङ्क कार्यालयको प्रभावकारी बढाएमात्रै यकिन राष्ट्रिय तथ्याङ्क आउन सक्ने धारणा राखेका थिए । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना अनुसार नेपालमा १ सय ४२ वटा जात÷जातिहरु रहेका छन् , जसमध्ये १२५ वटा राष्ट्रिय जनगणनाकै निरन्तरता स्वरुप रहेका र १७ वटा नयाँ जात÷जातिका रुपमा थपिएका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्