Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

मंगलबार, मंसिर १९, २०८०

चितवन - प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौँले हात पारेको छ। 

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको ललितपुर र काठमाडौँबीचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौं क्रिकेट संघले उपाधि हात पारेको हो। 

सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको काठमाडौँले १६ दशमलव एक ओभरमा ६ विकेटमा लक्ष्य पूरा गरेर उपाधि हात पार्‍यो ।

प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताइन्। उनले नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने जानकारी दिइन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्